12:30 AM

What is detoxification ?

Posted by haasil

Detoxification भनेको के हो ?

सामान्य भाषामा छोट्कारीमा भन्नुपर्दा Detoxification भन्नाले हाम्रो भित्री शरीरको सम्पुर्ण सफाई गर्नुलाई बुझिन्छ । Detoxification बिभिन्न तरिकाबाट गर्न सकिन्छ जस्त्तै : जडिबुटीहरुले ,प्राकृतिक आहारले, तथा बिभिन्न थेरपीहरु प्रचलित छन ,यी मध्ये ion footbath एक हो ।

यसको प्रयोग शरीरको कुनै पनि भागमा या पुरै शरीरमा गर्न सक्छौ । हामी सबैले Detoxification गर्नु अती अनिबार्य छ किनकी हाम्रो शरीर भिभिन्न किसिमका बिकारहरुले भरिपूर्ण हुने खतरा छ ,ती बिकारहरु बिभिन्न माध्यमबाट हाम्रो शरीरमा प्रबेश गर्छन् जस्तै दुसित हावा,फोहर पिउने पानी ,केमिकल्स ,र मुख्य रुपमा हामीले खाने खानाबाट हाम्रो शरीरमा प्रबेश गर्दछ ।

आजकाल बजारमा पाइने खानेकुराहरुमा केमिकल्स मिसाइएका ,धेरै पकाइएक ,ज्यादा प्रसोधित गरिएका ,कृतिम रङ र स्वाद भएका हुन्छन ,जुन हाम्रो शरीरको लागि विल्कुल नौलो हुन्छ र न त हाम्रो शरीरले यस्लाई पचाउन सक्छ ,न फ्याक्न नै सक्छ , पारीणाम स्वोरुप ति बिकारहरु हाम्रो शरीरमा धेरै बर्ष देखी खुशीसँग रहँदै आएका हुन्छन । कल्पना गर्नुस जन्मे देखी अहिले सम्मा तपाईंको शरीरमा कती धेरै बिकार जम्मा भएक होलान ।


यि बिकारहरुलाई आफ्नो शरीरबाट निकल्नलाई तपाईंले detoxification गर्नुपर्नेहुन्छ ,र ionizing footbath नै भर्पर्दो,सजिलो र प्रचलित माध्यम हो ।




0 comments:

Post a Comment